जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनआईसी एशिया बैंकले छलाङ्ग मार्नुको भित्री रहस्य यस्तो छः आक्रमक रणनीति, प्रष्ट भिजन र लक्ष्य सहितका योजना !

एनआईसी एशिया बैंकले छलाङ्ग मार्नुको भित्री रहस्य यस्तो छः आक्रमक रणनीति, प्रष्ट भिजन र लक्ष्य सहितका योजना !

‘बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि’ नारा दिएर केही वर्ष देखि आक्रमक व्यवसाय विस्तारमा आएको एनआईसी एशिया बैंक लिमिटेडले पूरानो नबिल बैंक र सबैभन्दा ठूलो चुत्ता पूँजी भएको ग्लोबल आईएमई बैंकलाई चुनौती दिएको छ भन्दा अब चाहि फरक पर्दैन ।
कुशल टिम, लक्ष्य सहितको भिजन र आक्रमक रणनीतिले एनआईसी एशिया बैंक छलाङ्गनै मारेको छ भन्दा अब चाहि फरक पर्दैन ।
भनिन्छ सफलता तिनीहरुले प्राप्त गर्छन्, जसले सपना देख्छन् र तिनलाई मूर्त रुप दिन निरन्तर मेहनत गर्छन् । जस्तोसुकै अप्ठ्यारो किन नहोस्, सपना देख्ने मेहनतीहरुले त्यसलाई वास्तविकतामा परिणत गरिदिन्छन् ।प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि करिब चार वर्षअघि रोशन न्यौपानेले एउटा सपना देखे, ‘एनआईसी एशिया बैँकलाई सर्वोत्कृष्ट बैँक बनाउने’ । तर, त्यो सपनालाई यथार्थमा परिणत गर्न उनीसामू निकै ठूलो चुनौतिको पहाड थियो । बैँकको तत्कालीन अवस्था र वित्तीय विवरण त्यति राम्रो थिएन । यद्दपी उनी छोटो अवधिमै चुनौतिको त्यो पहाड छिचोल्न सफल भएका छन् ।‘सर्वोत्कृष्ट बैँक’ बनाउने यात्रामा सीईओ न्यौपानेको रणनीति, योजनाको प्रभावकारी कार्यान्वयन, कर्मचारीहरुको मेहनतको प्रतिफल आज एनआईसी एशिया बैंक अधिकांश सूचकांकमा नेपालका वाणिज्य बैँकहरुमध्ये अग्र स्थानमा पुग्न सफल भएको छ ।

रसुवाको समान्य परिवारमा जन्मिएका न्यौपानेले ४० वर्ष नपुग्दै बैँकको सीईओ बन्ने अवसर पाए । २७ वटा वाणिज्य बैँकका सीईओमध्ये सबैभन्दा कान्छो सीईओको बन्नु उनका लागि एक अवसर थियो, साथै चुनौति पनि । तर, सीईओ न्यौपानेले चुनौतिलाई पनि अवसरमा परिणत गरे । भन्दा फरक पर्दैन । आफ्नो प्रतिवद्धता अनुसार एनआईसी एशिया बैँकलाई सर्वोत्कृष्ट बनाउने लक्ष्यमा सीइओ रोशन न्यौपाने दिनरात खटिए, आक्रामक रणनीतिहरु अपनाए । ग्राहक सेवामा उनले कुनै पनि किसिमको सम्झौता गरेनन् । भन्दा फरक पर्दैन ।

आफ्नो टिमलाई स्पष्ट भिजन र लक्ष्यसहितका नीति कार्यक्रम सही सहकर्मीहरुमा निरन्तर हौसला र प्रेरणा जगाए भन्दा फरक पर्दैन । परिणामस्वरुप अधिकांश ताजा वित्तीय विवरणमा एनआईसी एशिया बैँक नेपालका वाणिज्य बैँकहरुकै सर्वोत्कृष्ट बैँक बन्न सफल भएको छ । बैंकको आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जबाट आफ्नो प्रभावकारी बैंकिङ्ग पेसा सुरु गरेका न्यौपानेले कायममुकायम सीईओ हुँदै सीइओसम्मको यात्रामा आफ्नो कुशल रणनीतिको माध्यमबाट एनआईसी एशिया बैंक लिमिटेडलाई सर्वोत्कृष्ट बैँक बनाएका छन् । भन्दा अन्यथा नहोला, हेक्का होस । एआईसी एशियाको सीईओकोरुपमा देखाएको कौशलताले नै उनी २०७७ चैत २७ मा राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’बाट सम्मानित भए । यस्तै कर्पोरेट बिजनेस म्यागेजिनको ‘कर्पोरेट सिइओ अफ द इयर, २०७८’, बेलायतको ग्लोबल बिजनेस आउटलुक म्यागजिनको ‘बैंकिङ्ग सिइओ अफ द इयर–नेपाल २०२१’ पनि आफ्नो कब्जामा राखे ।


वित्तीय विवरणमा चमात्कार
चालू आ.व. २०७८÷७९ को दोस्रो त्रयमासको प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार एआईसी एशिया बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पुर्याउन सफल भएको छ ।
यस्तै वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी बैँकले कूल निक्षेप २ खर्ब ९९ अर्ब ३४ करोड पुर्याएको छ । अन्य वाणिज्य बैँकको तुलनामा एनआईसी एशिया बैँकको कुल निक्षेप १ खर्ब ५० अर्ब २६ करोड बढी रहेको बैँकको दाबी रहेको देखिन्छ ।
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्र स्थानमा रहेको बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।

पूँजी बजारमा प्रतिशेयर मूल्य ८५३ रुपैयाँ रहेको एनआईसी एशिया बैँकको प्रति शेयर आम्दानी ४१.४३ रुपैयाँ रहेको छ । जुन समग्र बैँकङ क्षेत्रको औषत (रु.१८.४४) भन्दा २२.९९ रुपैयाँले बढी हो । यस्तै बैँकको स्व–पूँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ ।
कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको देखिन्छ ।

एनआईसी एशिया बैंक पहिलो किन ?
आम जनताले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैँकप्रतिको भरोसाले गर्दा बैँकले आक्रामक शैलीमा शाखा सञ्जालमार्फत देशभर आफ्नो अब्बल उपस्थिति दर्ज गराउन सफल भएको छ । कुनैबेला काठमाडौँका ग्राहकमा मात्रै सीमित एनआईसी एशिया बैँक हाल ३५८ वटा शाखामार्फत देशभरका ग्राहकलाई निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको छ । शाखा विस्तारमा एनआईसी एशियाकै आक्रममक शैली अहिले अन्य बैँकले पनि पच्छ्याउन थालेका छन् । भन्दा फरक पर्दैन ।

नेपालमा सबैभन्दा धेरै शाखा भएको वाणिज्य बैँक बन्न सफल एनआईसी एशिया बैँकले ७० वटा विस्तारित काउन्टरमार्फत पनि सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवासहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल बनेको छ भन्दा फरक पर्दैन ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत एनआईसी एशियाको दरिलो उपस्थिति रहेको छ । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा बैँकले आफ्नो शाखाहरु विस्तार गर्न सफल भएको देखिन्छ ।

ग्राहकमा २७ वाणिज्य बैंकमा नम्बर वान !
कुनै पनि बैँकको प्रगतिका लागि पनि ग्राहकको संख्याले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । किनकी जति धेरै ग्राहक हुन्छन्, त्यति धेरै कारोबार हुने भएकाले बैँकको ग्रोथ पनि यसले बढाइदिन्छ । यो कुरा राम्रोसँग बुझेका सीईओ न्यौपाने त्यही अनुसारको रणनीति बनाए । ग्राहकलाई एनआईसी एशिया बैँकप्रति आकर्षित गर्न विभिन्न किसिमका योजना र ‘अफर’ ल्याए । छुट र सुविधाहरु उपलब्ध गराएको भेटिएको छ । भन्दा फरक पर्दैन ।

नेपालका निजी वाणिज्य बैँकहरुमध्ये ग्राहक संख्याको हिसाबले पनि एनआईसी एशिया बैँक पहिलो नम्बरमा रहेको छ । बैंकले आ.व. २०७८÷७९ को दोस्रो त्रयमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गरेको छ । यससँगै एनआईसी एशिया बैँकसँग ३३ लाख बढी ग्राहकहरुमाझ पुग्न सफल भएको भेटिएको छ भन्दा फरक पर्दैन ।

आधुनिक बैकिङमा पनि छलाङ्ग
बैँकले डेबिट कार्ड, एटीएम सेवा र मोबाई तथा इन्टरनेट बैकिङबाट ग्राहकलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । समग्र बैंकिङ्ग क्षेत्रको औषत प्रत्येक बैँकसँग १३२ वटा एटीएम रहेका छन् । तर, एनआईसी एशिया बैँकसँग हाल देशभर ४७३ वटा एटीएम रहेका छन् । जुन नेपालका २७ वटा वाणिज्य बैँकहरुमध्ये सबैभन्दा धेरै अर्थात् औषतभन्दा ३४१ ले बढी भेटिएको छ ।

एनआईसी एशिया बैँकका मोबाइल बैकिङ प्रयोगकर्ता १६ लाख ८० हजार जना रहेका छन् । यो संख्या नेपालको समग्र बैँकिङ क्षेत्रको औषत तुलनामा १२ लाख १९ हजारले बढी रहेको बैँकले जनाएको छ । एनआईसी एशियाका १२ लाख ३५ हजार बढी ग्राहकहरुले डेबिट कार्ड प्रयोग गर्दै आएका छन् । जुन अन्य बैँकका तुलनामा ९ लाख ३५ हजार संख्याले बढी हो । भन्दा अब चाहि फरक पर्दैन ।
पछिल्लो तथ्याङ्क हेर्दा एनआईसी एशिया बैँक डिजिटल बैकिङतर्फ सबैभन्दा धेरै ग्राहक भएको सबैभन्दा बढी कारोबार संख्या र सबैभन्दा बढी कारोबार भोल्यूम भएको बैँक बन्न सफल भएको भेटिएको छ हेक्का होस् ।

नेतृत्वसँग स्पष्ट लक्ष्य र कार्यक्षमता छ भने छोटो समयमा नै संस्थाको कायापलट गर्न सकिन्छ भन्ने राम्रो उदाहरण बनेको छ एनआईसी एशिया बैँक । चार वर्ष नपुग्दै सीईओ न्यौपानेको नेतृत्वमा एनआइसी एशियाले हासिल गरेको उचाईं साँच्चै नै लोभलाग्दो मात्रै छैन अरु २६ वाणिज्य बैंकहरुले सिक्नु पर्ने देखिन्छ भन्दा फरक पर्दैन ।

ग्राहक, नियमनकारी निकायहरू, शेयरधनीहरू अघात माया लगायत सम्पूर्ण सरोकारवालाको समेत अगाध माया र विश्वास एवं कर्मचारीहरूको मेहनतले एनआईसी एशियाले शिखर चुमेको छ । नेपाली बैकिङ क्षेत्रका लागि यो एक उत्कृष्ट उदाहरण बनेको देखिन्छ ।
हिजो यति कम उमेरका सीईओ न्योपानेले बैँक डुबाउँछ भनेर उडाउनेहरु केही बैंकरहरुले नै आज भन्न थालेका छन्, ‘रोशन न्यौपानेको नेतृत्वमा एनआईसी एशिया बैँकले आश्चर्यजनक छलाङ मारे पछि अरु २६ वाणिज्य बैंकका सीइओहरु पनि अब हामीले आक्रमक रहेर अगाडी बढ्नु जरुरी छ भन्दा थालेको भेटिएको छ । हेक्का होस् । भनिन्छ निरन्तरता, प्रस्ट भिजन र आक्रमक रणनीतिकै कारण एनआईसी एशिया बैंकले गरेको लोभ लाग्दो प्रगति हो भन्दा अब फरक पर्दैन । सचेत भया ।

5670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?