जोडिनुहोस
सोमवार, भदौ ३१, २०८१
सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको छलाङः इपीएसमा २३३% को फड्को, लाभांश क्षमता बढेर १७.३७ प्रतिशत

कृषि विकास बैंकको छलाङः इपीएसमा २३३% को फड्को, लाभांश क्षमता बढेर १७.३७ प्रतिशत

कृषि विकास बैंकले आर्थिक वर्ष २०८० ८१ मा महत्वपूर्ण वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ ।  

बैंकले प्रतिकूल समयका बाबजुद व्यापार विस्तारमा इण्डष्टीको औसत ग्रोथको तुलनामा उल्लेख्य प्रगति गर्दै समीक्षा अवधिका लागि १७.३७ प्रतिशतको लाभांश क्षमता बनाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा निकै राम्रो हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको लाभांश क्षमता ९.२४ प्रतिशतमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकले २ अर्ब ६६ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ११४.१९ प्रतिशतको बढोत्तरी हो ।  

यो अवधिमा खूद नाफा ३ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा खुम्चिएर १ अर्ब ३२ करोडमा सीमित थियो । यसरी खूद नाफातर्फ बैंकले १७६ प्रतिशतको छलाङ मारेको छ ।  

अघिल्लो वर्ष ७.४२ प्रतिशतमा सीमित प्रतिसेयर आम्दानी २३३.५५ प्रतिशतले वृद्धि भई २४.७५ रुपैयाँको उचाईमा पुगेको छ ।  

बैंकको सञ्चालन मुनाफातर्फ पनि उस्तै बढोत्तरी भएको छ । अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतको बढोत्तरी हुँदै सञ्चालन मुनाफा ५ अर्ब २९ करोड माथि पुगेको छ ।  

विषम परिस्थितिमा पनि कृषि विकास बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि आकर्षक वृद्धि भएको छ । फलस्वरुप अघिल्लो वर्ष ८ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा वर्ष १० अर्ब १२ करोड माथि पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो । उद्योगको औसत वृद्धिदरभन्दा डिपोजिटमा झण्डै दोब्बरको बढोत्तरी देखिएको छ ।  

यस्तै, समीक्षा अवधिसम्म बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा परिचालन गरेको छ । कर्जातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशतको ग्रोथ गरेको देखिन्छ । यो भनेको पनि उद्योगको औसतभन्दा झण्डै दोब्बर हो ।  

बैंकले अघिल्लो वर्ष यही अवधिसम्म सम्भावित जोखिम व्यवस्थापनका लागि  १ अर्ब ४५ करोड रुपैयाँ प्रभिजन गर्नुपरेकोमा यो वर्ष घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ । यसले समेत बैंकको नाफा बढाउन सहयोग पुगेको देखिन्छ ।  

अघिल्लो वर्ष २.७८ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.४४ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर नेटवर्थ २३३.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य रु. २२८३.९८ कायम भएको छ ।  

66b0094b24cf5.png

485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?