जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयमा अख्तियारमा उजुरी

राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयमा अख्तियारमा उजुरी

नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर विश्वनाथ पौडेलको नियुक्ति प्रक्रिया सम्बन्धमा छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।

‘राष्ट्र सेवक नेपाली’ नामक समूहले दिएको उजुरीमा राष्ट्र बैंक ऐन, २०५६ मा उल्लेख गरिएका मापदण्ड विपरीत व्यक्तिलाई गभर्नर नियुक्त गरिएको दाबी गरिएको छ। उजुरीमा गभर्नर नियुक्तिका लागि आवश्यक योग्यता नपुगेको भन्दै पौडेलको शैक्षिक योग्यता, कार्यानुभव र राजनीतिक पृष्ठभूमिप्रति गम्भीर प्रश्न उठाइएको छ।

राष्ट्र बैंक ऐनअनुसार गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु वा डेपुटी गभर्नरहरुमध्येबाट सिफारिस हुनुपर्ने व्यवस्था छ। तर, पौडेलले पेश गरेको शैक्षिक योग्यताले यी क्षेत्रसँग सम्बन्ध नराखेको उजुरीमा उल्लेख छ।

उजुरीमा भनिएको छ, ‘पौडेलको शैक्षिक पृष्ठभूमि सफ्टवेयर इन्जिनियरिङ (स्नातक), रिसोर्स एग्रिकल्चर (स्नातकोत्तर र विद्यावारिधि) मा रहेको देखिन्छ, जसले गभर्नर पदको आवश्यक विषयगत विज्ञता पुष्टि गर्दैन’ त्यसैगरी, राष्ट्र बैंक जस्तो संवेदनशील संस्थाको नेतृत्व गर्नुपर्ने अनुभवसमेत पौडेलसँग नरहेको आरोप लगाइएको छ।

1070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका