जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सानिमा बैंकका ग्राहकले दूसितथानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने

सानिमा बैंकका ग्राहकले दूसितथानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई धुलिखेलस्थित दूसितथानी हिमालयन रिसोर्टमा छूटको व्यवस्था भएको छ । डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्नका लागि बैंक र उक्त रिसोर्टबीच सम्झौता भएको हो ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट रक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छूट प्राप्त सकिने छ ।

कम्पनीले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छूटको विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध गराएको जनाएको छ ।

कम्पनीको सात वटै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका