जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अन्तत: रेशम चौधरीले पाएनन् सफाइ, बाँकी समय कारागारमा नै बिताउनुपर्ने

अन्तत: रेशम चौधरीले पाएनन् सफाइ, बाँकी समय कारागारमा नै बिताउनुपर्ने

रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालतको निर्णय सदर गरेको छ।

सर्वोच्च अदालतले आज बहसपछि फैसला सुनाउँदै उच्च अदालतले सुनाएको फैसला नै सदर गरेको हो। यो निर्णयसँगै अब चौधरीले बाँकी समय पनि थुनामा नै बिताउनुपर्नेछ।

२०७२ भदौ ७ गते मधेश-थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए।

यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए।

सोही प्रकणमा रेशम चौधरीलाई उच्च अदालतले समेत टीकापुर प्रकरणमा जन्मकैदको सजाय सुनाइसकेको थियो।

घटनाका मुख्य आरोपी सांसद भएको समयमा चौधरी जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्।

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?