४ लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले यादवसँगै मालपोत कार्यालयका खरिदार मोतीराम सुवेद र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।