जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एसिया बैंकले भूकम्प प्रभावितका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५१ लाख

एनआईसी एसिया बैंकले भूकम्प प्रभावितका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५१ लाख

एनआईसी एसिया बैंकले भूकम्प प्रभावितका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले भूकम्प प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको हो।

सहयोग रकमको चेक सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितका लागि कोषमा सहयोग गरेको हो।

कात्तिक १७ गते राती जाजरकोटलाई केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी १५८ जनाको मृत्यु भएको छ। १ हजारभन्दा बढी घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ३ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको सरकारी तथ्यांक छ।

3525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका