जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आफ्नो बैंक खाताको विवरण कसैलाई पनि नदिन बैंकर्स संघको आग्रह

आफ्नो बैंक खाताको विवरण कसैलाई पनि नदिन बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासंग समबन्धित विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ । विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले विवरण माग गरि पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भईरहेकोले सजक रही आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न  संघले आग्रह गरेको हो ।

संघका अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिट्ठा परेको र रकम पठाउनका लागी खाता÷व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भईरहेको छ । यसरी खाता नं, मोबाईल नं, पासवर्ड (OTP) प्राप्त गरी रकम रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएकोले यस विषयमा सजक रही आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न संघले आग्रह गरेको हो।

साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।  संघले सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्न समेत सबै ग्राहकलाई आग्रह गरेको छ ।

 

8050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका