जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सहयोग, ४ सय लाभान्वित

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सहयोग, ४ सय लाभान्वित

लक्ष्मी सनराइज बैंकले बालबालिकालाई विविध सरसामग्री तथा खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरिका विभिन्न संस्थासँग सहकार्य गरी ४ सयभन्दा बढी बालबालिकालाई सहयोग गरेको हो ।

बैंकले नेपाल बाल संगठनअन्तर्गत पाँचखाल, दोलखा र भीमफेदीका बालबालिकालाई दसैंमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्सालस्थित बालमन्दिरलाई पनि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले कोशी प्रदेशको उर्लाबारीमा रहेको नमुना बालगृह र इटहरीको हेल्पलेस चिल्ड्रेन वेलफेयर मिसन तथा मधेस प्रदेशको गरुडामा रहेको श्री बन्सीलाल जैसवाल अनाथालयका बालबालिकालाई पनि सहयोग गरेको जनाएको छ ।

बागमती प्रदेशको हेटौंडामा रहेको मामाघर नेपाल, गण्डकी प्रदेशको पोखरामा रहेको रेन्वो चिल्ड्रेन होम नेपाल, लुम्बिनी प्रदेशको कोरिहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यु लाइफ चिल्ड्रेन्स हेवन र सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकालाई बैंकले खाद्यान्न सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?