जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले महिला उद्यमी महासंघमा आवद्ध उद्योगलाई सहज कर्जा प्रवाह गर्ने

मुक्तिनाथ विकास बैंकले महिला उद्यमी महासंघमा आवद्ध उद्योगलाई सहज कर्जा प्रवाह गर्ने

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच महासंघ सँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ।

यस क्षेत्रमा संलग्न महिलाको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्‍याउने उद्देश्य सहित सझौता भएको हो। उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघको तर्फबाट अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरे।

सम्झौता बमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानेर सरल र सहजतरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गरिने भएको छ। साथै, उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गरिनेछ।

बैंकले हालैमात्र साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न भन्दै मुक्तिनाथ सरल कर्जा योजना घोषणा गरेको थियो।

2425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?