जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रत्यक्ष निर्वाचन लडेका दर्जन व्यवसायीमध्ये अधिकांशको अग्रता

प्रत्यक्ष निर्वाचन लडेका दर्जन व्यवसायीमध्ये अधिकांशको अग्रता

प्रत्यक्ष निर्वाचन लड्ने आँट गरेका एक दर्जन व्यापारी/व्यवसायीहरूमध्ये विनोद चौधरीले पश्चिम नवलपरासी १ मा अग्रता लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार चौधरीले १० हजार ३२२ मतका साथ अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले ८ हजार ६५९ मतका साथ चौधरीलाई पछ्याइरहेका छन् भने जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको पछिल्लो मत ७ हजार ७७७ रहेको छ ।

त्यस्तै चितवन २ मा गठबन्धनका तर्फबाट शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गरेका उमेश श्रेष्ठ अहिलेसम्मको मतपरिणाम अनुसार दोस्रो देखिएका छन् । एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ६२३ मत प्राप्त गर्दा श्रेष्ठले जम्मा ३ हजार २१६ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेसम्म २ हजार ९७८ मत प्राप्त गरेका छन् ।

म्यानपावर र घरजग्गा कारोवारी किसान श्रेष्ठ बारा ४ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट चुनाव लडेका थिए । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार उनले २३ सय ५ मतसहित अग्रता प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी एमालेका एकवाल मियाँले १९ सय ३७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरीले ७ सय ६७ मत प्राप्त गरेका छन् ।

चितवन ३ बाट राप्रपाका तर्फबाट निर्वाचन लडेका विक्रम पाण्डेले पनि अग्रता लिएका छन् । पाण्डे ठेकेदार, कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावरमा लगानी, पूर्व वनमन्त्रीसमेत हुन् । आयोगको पछिल्लो मतपरिणाम अनुसार उनले ४ हजार १८६ मत प्राप्त गर्दै माओवादी केन्द्रका भोजराज अधिकारीलाई पछि पारेका छन् । अधिकारीले ३ हजार ५७९ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ३ हजार २७४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै दोलखाबाट नेकपा एमालेको तर्फबाट निर्वाचन लडेका बालकृष्ण शिवाकोटी मेगा बैंकका सञ्चालक, कालिन्चोक केवलकार, १ दर्जन भन्दा बढी उद्योग व्यवसाय रहेका उम्मेदवार हुन् । आयोगका अनुसार दोलखामा अहिलेसम्म मतगणना भएको छैन । शिवाकोटीसँग माओवादी केन्द्रका गंगा कार्कीले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट मोरङ ३ मा प्रत्यक्ष भिडेका मेडिकल व्यवसायी सुनिल शर्मा पनि पछिल्लो मत परिणामअनुसार अग्रस्थानमा छन् । उनको विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा लगानी छ । उनले हालसम्म ३ हजार १३२ मत ल्याएका छन् । त्यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले १५ सय ७९ मत ल्याएका छन् भने राप्रपाकी रेखा थापाले ९०५ मत ल्याएकी छन् ।

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं उम्मेदवार भएको गोरखा १ मा अहिलेसम्म मतगणना शुरू हुन सकेको छैन । बजगाईं नेपाली कांग्रेसका उम्मेदवार हुन् भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेत र राप्रपाका उदयबहादुर भट्ट हुन् ।

जसपाका तर्फबाट सिराहा ४ मा उम्मेदवार बनेका डा. वीरेन्द्र महतोले पनि प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका छन् । माछापुच्छ्रे बैंकका अध्यक्षसमेत हुन् । आयोगका अनुसार उनले अहिलेसम्म ८७७ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विमलकुमार तिवारीले ५७० मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका धर्मनाथ प्रसाद शाहले ५२० मत ल्याएका छन् ।

रसुवाका निर्माण व्यवसायी मोहन आचार्यले पनि प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । आयोगका अनुसार उनले ४ हजार ५७२ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङले २७ सय ५० मत ल्याएका छन् ।

रामेछापका निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङले पनि प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार हुन् । उनले हालसम्म १४ सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाश ढुंगेलले ८७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै झापा ४ का व्यवसायी एलपी (लालप्रसाद) साँवा लिम्बुले पनि अग्रता कायम गरेका छन् । उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । उनी राष्ट्रिय उद्योग व्यवसाय महासंघ, म्यानपावर व्यवसाय, जलविद्युत कम्पनीमा लगानी, निवर्तमान सांसदसमेत हुन् । प्रारम्भिक मतगणनामा उनले ४ हजार २०४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ४ हजार १७० मत ल्याएका छन् । त्यहाँ नेपाली कांग्रेसका देउकुमार थेवेले २ हजार ४६७ मत प्राप्त गरेका छन् ।

पर्यटन र जलविद्युत व्यवसायी, संखुवासभा कांग्रेस सभापति दिपक खड्का संखुवासभाबाट निर्वाचन लड्दैछन् । त्यहाँ भने अहिलेसम्म मतगणना हुन सकेको छैन । उनका प्रतिस्पर्धी एमालेका राजेन्द्र गौतम हुन् ।

1895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?