जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • दोहोरो अंकले बिजनेश ग्रोथ गरेको नेशनल लाइफको नाफा ६१ प्रतिशत बढ्यो, मुख्य सूचकहरु कस्ता ?

दोहोरो अंकले बिजनेश ग्रोथ गरेको नेशनल लाइफको नाफा ६१ प्रतिशत बढ्यो, मुख्य सूचकहरु कस्ता ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एकै वर्ष साढे ४० करोड नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले ४० करोड ६३ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने ६०.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २५ करोड २५ लाख बढी खुद नाफा आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन पनि दोहोरो अंक अर्थात् १४.३४ प्रतिशत बढेको छ ।योसँगै कम्पनीको यस्तो बीमा शुल्क आर्जन १९ अर्ब २२ करोड १ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन भने १३.९९ प्रतिशत बढेर १८ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ११ पैसा छ। प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ २८ पैसा छ। कम्पनीको जीवन बीमा कोषको आकार पनि १९.१९ प्रतिशत बढेर ७७ अर्ब ९५ करोड ६८ लाख रुपैयाँ कायम भएको छ।

240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?