जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एनएमबी बैंकद्वारा १६ क्रिकेट खेलाडीलाई जनही २१ हजार पुरस्कार घोषणा

एनएमबी बैंकद्वारा १६ क्रिकेट खेलाडीलाई जनही २१ हजार पुरस्कार घोषणा

एनएमबी बैंकले १६ क्रिकेट खेलाडीलाई जनही २१ हजार रुपैयाँका दरले पुरस्कार घोषणा गरेको छ । विश्व क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ खेलाडीलाई सम्मान र हौसला स्वरुप नगद प्रदान लागिएको हो ।

एनएमबी बैंकका प्रमखु कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका गौरव भएकाले उनीहरूको मनोबल उच्च कायम राख्न सम्मान र हौसलाका लागि पुरस्कार प्रदान गर्न लागिएको बताए ।

२०१९ देखि सुरु भएको विश्व क्रिकेट लिग-२ का ३५ खेलमा १८ वटामा नेपालले जित हात पार्दै शीर्ष ४ मा प्रवेश गरेको छ । नेपालले सुरूवाती चरणका खेलहरूमा कमजोर प्रदर्शन गरे पनि पछिल्ला ११ खेल खेल्दा १० मा जित निकालेको छ ।

बिहीबारको खेलमा जित हात पारे नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग एक दिवसीय खेल्ने मौका पाउनेछ । यो नगद पुरस्कारले भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलेर हस्तान्तरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

3280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका