जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • सानिमा रिलायन्स लाइफको अधिकांश सूचकमा बृद्धि, खुद ब्यापार ७४ प्रतिशतले बढ्यो

सानिमा रिलायन्स लाइफको अधिकांश सूचकमा बृद्धि, खुद ब्यापार ७४ प्रतिशतले बढ्यो

सानिमा रिलायन्स लाइफ आर्थिक बर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको महाविपत्ती कोषमा १२ करोड ५४ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा १ अर्ब १ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १० अर्ब ९१ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ३५ करोड ८ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ९३ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५९ दशमलव ९१ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ६ अर्ब १८ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा ७४ प्रतिशतले बृद्धि भएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ३२ करोड ३३ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ३७ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ७४ प्रतिशतले बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ४३ करोड ५७ लाख रुपैयाँ खचिर्एको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ ८४ पैसा रहेको छ ।

225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका