जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ३१ अर्ब प्रोभिजनिङ गर्दा पनि बैंकको नाफा ११.६७% बढ्यो, ३% नाघ्यो खराब कर्जा

३१ अर्ब प्रोभिजनिङ गर्दा पनि बैंकको नाफा ११.६७% बढ्यो, ३% नाघ्यो खराब कर्जा

खराब कर्जा ह्वात्तै बढेपछि वाणिज्य बैंकहरुको नाफामा सामान्य मात्रै सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। पोहोर ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। नाफा ११.६७ प्रतिशतले बढेको हो।

वाणिज्य बैंकहरुको लिडर मानिएको नबिल बैंक नाफामा फेरी शीर्ष स्थानमा छ। बैंक एक्लैले ५ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको हो। बैंकको नाफा ५२.६३ प्रतिशत बढेको छ।

कर्जा असुलीमा समस्या आएका कारण नोक्सानी ब्यवस्थापन पनि बढेको छ। नबिल बैंकले ३ अर्ब ३३ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। बैंको निष्कृय कर्जाको अनुपात ३.८७ प्रतिशत पुगेको छ।

नबिलको मात्रै नभएर समग्र बैंकहरुको खराब कर्जा उच्च दरमा बढेको छ। यसपालि नौ महिनामै बैंकहरुले ३० अर्ब ८६ करोड रुपैयाँ प्रोभिजनिङलाई छुट्याइसकेका छन्।

पोहोर चैतमा ७ अर्ब रुपैयाँ मात्रै थियो। २३ अर्ब ८६ करोड रुपैयाँले प्रोभिजनिङको रकम बढेको छ। खराब कर्जा बढ्ने अनुमानले गर्दा बैंकहरुको सेयर मूल्यमा पनि नकारात्मक प्रभाव पर्न सुरु गरिसकेको थियो।

ग्लोबल आइएमईले ४ अर्ब ३५ करोड रुपैयाँ नाफा गर्दा २ अर्ब ७१ करोड प्रोभिजनिङ गरेको छ। एनआइसी एसिया बैंकको खराब कर्जा भने घटेको छ। सबैंभन्दा कम प्रोभिजनिङ गर्ने बैंक एनआइसी एसिया हो। बैंकले ४ अर्ब एक करोड रुपैयाँ नाफा कमाउँदा २३ करोड ५२ लाख रुपैयाँ जोखिम युक्त कर्जाका लागि छुट्याएको हो।

बाँकी सबैको नाफा ४ अर्ब रुपैयाँभन्दा कम छ। तीन अर्ब रुपैयाँ माथि नाफा गरेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मात्रै हुन्। दुवैले छुट्याएको प्रोभिजनिङ रकम पनि बढेको छ। यस्तो अवस्थामा पनि खराब कर्जा उठाउने बैंक भने स्टयाण्डर्ड चार्टर्ड बैंक मात्रै हो। बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकको नाफा उच्च दरमा बढेको पनि हो। ६०.२५ प्रतिशतले बढेको छ।

नाफामा सर्वाधिक वृद्धिदर कायम गर्ने एभरेष्ट बैंक हो। बैंकको नाफा ६२.६३ प्रतिशत बढेर २ अर्ब ४६ करोड रुपैयमाँ कायम छ। एनआइसी एसियापछि सबैभन्दा कम खराब कर्जा भएको बैंक एभरेष्ट हो। बैंकले ५५ करोड १४ लाख रुपैयाँ छुट्याएको छ।

सबैभन्दा कम नाफा गर्ने कृषि विकास बैंक हो। बैंकको नाफा उच्चदरले घटेको छ। बैंकको नाफा ४५.३६ प्रतिशत घटेको छ। सिद्धार्थ बैंकको नाफा पनि २८.६५ प्रतिशत घटेको हो।

स्प्रेड समायोजन भएर ४.२ प्रतिशतसम्म झर्दा पनि ब्याज आम्दानीमा भने खासै प्रभाव परेको छैन। बैंकहरुले प्रिमियम पनि ५ प्रतिशतभन्दा बढी असुल्न छाडिसकेका हुन्। तर ह्वात्तै बढेको खराब कर्जाका बाबजुद बैंकहरुको नाफा बढिरहेको छ। अधिकांशले एक अर्बभन्दा माथि खुद नाफा आर्न गरेका छन्। ७ वटाको वृद्धि दर मात्रै खुम्चिएको छ।

अर्को पट्टी निष्कृय कर्जाको अनुपात बढेर ३ प्रतिशत नाघिसकेको छ। हिमालयन र नेपाल बैंकको ४ प्रतिशत नाघिसकेको छ। वाणिज्य बैंकहरुको औषत निष्कृय कर्जा ३.०३ प्रतिशत पुगेको छ। एक वर्षको अन्तरालमै १.८१ प्रतिशत विन्दु बढेको हो।

1125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?