जोडिनुहोस
आइतवार, मंसिर २४, २०८०
आइतवार, मंसिर २४, २०८०

हालको खबर

  • होमपेज
  • एफएनसीसीआई चुनाव: अन्जनको ‘योङ एण्ड स्मार्ट’ टीम, प्रधान, श्रेष्ठ र सुमार्गी कति बलियो ?

एफएनसीसीआई चुनाव: अन्जनको ‘योङ एण्ड स्मार्ट’ टीम, प्रधान, श्रेष्ठ र सुमार्गी कति बलियो ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले आफ्नो प्यानल तयार पारेका छन्।

योङ एण्ड स्मार्ट भन्दै श्रेष्ठले तयार पारेको टीममा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान, एशोसिएसट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र जिल्ला-नगर उपाध्यक्षमा अरुण सुमार्गीलाई सारथी बनाएका छन्।

मंगलबार श्रेष्ठले पत्रकार भेटघाट गर्दै आफ्नो प्यानललाई सार्वजनिक गरेका हुन्। तर, औपचारिक घोषणा भने केही दिनभित्रै गर्ने उनले जानकारी दिएका छन्। मनिषलाल महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानका छोरा हुन्। वस्तुगतका मुद्दामा नजिक रहेर काम गरेका मनिष बलिया उम्मेदवार हुन्।

उनी अहिलेको कार्यसमिति सदस्यमा सक्रिय समेत थिए। जिल्ला-नगर उपाध्यक्षका उम्मेदवार सुमार्गी सबैसँग मिल्न सक्ने र आफ्नो विषय प्रष्ट राख्‍न सक्छन्। उनी पनि जिल्ला-नगर उपाध्यक्षका लागि एक वर्ष अगाडिदेखि तयारी गरिरहेका थिए। एशोसिएट उपाध्यक्ष ज्योत्सना अघिल्लो कार्यकालमै उपाध्यक्षको उम्मेदवार बन्न चाहेकी थिइन्।

तर, तयारी नभएको भन्दै छाडेकी थिइन्। यो पटक भने प्रोक्सी धेरै बटुलेर ‘पावरफुल’ रूपमा उपाध्यक्षको उम्मेदवार बन्न खोजेकी छन्। उनले शंकर समूहको अढाई सय मत पाइसकेको जिकिर छ। शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल चुनाव नलड्ने घोषणा गरेकाले त्यो सबै मत ज्योत्सनाले पाउने विश्वास गरिएको छ।

हुण्डाइ मोटर्सको नेपालका लागि आधिकारिक कम्पनी लक्ष्मी समूहका प्रबन्ध निर्देशक श्रेष्ठ महासंघमा अहिले वस्तुगत उपाध्यक्ष छन्। महासंघको राजनीतिमा डेढ दशकअघि प्रवेश गरेका उनीसँग उत्पादनमूलक उद्योगदेखि व्यापारको अनुभव छ।

त्यही अनुभवका आधारमा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। महासंघ भित्रको बलियो समितिहरु श्रम तथा रोजगार र उद्योग समितिका सभापति बनेर उनले आफ्नो दक्षता देखाइसकेका छन्। व्यवसायिक क्षेत्रमा तीन दशक अघिदेखि सक्रिय श्रेष्ठ महासंघको राजनीतिमा डेढ दशकदेखि आबद्ध छन्।

वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनु अघि उनले झण्डै ६० जिल्ला घुमे। ती जिल्लाका समस्याहरुलाई नजिकबाट बुझ्ने प्रयास गरे। ‘मैले जिल्ला-जिल्ला पुगेर उद्योगीव्यवसायीको समस्या बुझेको छु। अत्यन्तै पीडादायी अवस्था छ,’ उनले भने, ‘यो समस्यालाई सरकारका निकायले छिट्टै समाधानको प्रयास गर्नुपर्छ। निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ।’ एक खर्बभन्दा बढी राजस्व घटेको र सरकारलाई स्रोत व्यवस्थापनमै सकस परेको गम्भीर अवस्थामा रहेको समेत उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका