जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेशनल लाइफले दियो घातक रोग लागेका बीमितलाई घरमै पुगेर ५ लाख रुपैयाँ उपचार खर्च

नेशनल लाइफले दियो घातक रोग लागेका बीमितलाई घरमै पुगेर ५ लाख रुपैयाँ उपचार खर्च

नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग (क्यान्सर ) लागेको बिमितलाई घरमै गएर उपचार खर्चको चेक हस्तान्तरण गरेको छ । कम्पनीका अभिकर्ता सन्तोष लिम्बुले बीमित भोज बहादुर राइको घर मै गएर चेक हस्तान्तरण गरेका हुन् ।

धनकुटा सांगुरीगढी –२ निवासी राईले कम्पनीमा २०७७ असार ३१ मा जीवन बिमा गरेका थिए । उनले अमृत अग्रिम भुक्तानी र आजिवन बिमायोजना ५ लाख बिमाङ्क, १५ बर्षे अबधिको गरेका थिए । बार्षिक बिमाशुल्क ५४ हजार १ सय ९० का दरले २ किस्ता र २९ हजार १ सय ९० का दरले २ किस्ता गरि जम्मा ४ किस्ता बिमाशुल्क भुक्तानी गरेका थिए ।

बिमित राईलाई स्वास्थ्यमा समस्या देखियो जाँच गर्दा पित्तमा क्यान्सर प्रमाणित भएको हो । कम्पनीका अभिकर्ता लिम्बुले उनलाई उपचार खर्च बापत ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । उनको जीवन बिमा निरन्तर रहेको छ । १५ बर्ष पूरा भए पछि बिमाङ्क र बोनस एकमुस्ट बिमित आफैले पाउनेछन् ।

परिपक्व दाबी भुक्तानी पछि बिमाशुल्क नबुझाई आजिवन बिमा रहन्छ । बिमितको मृत्युु पछि हकवालाले ५ लाख पाए पछि मात्रै बीमा सम्झौता सकिनेछ ।

510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका