जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • युनियन लाइफको आइपीओ बाँडफाँट, भाग्यमानी पाँच लाख ८० हजार ५०० जनाले पाए १० कित्ता

युनियन लाइफको आइपीओ बाँडफाँट, भाग्यमानी पाँच लाख ८० हजार ५०० जनाले पाए १० कित्ता

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ।

कम्पनीको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदन मध्ये दोहोरो आवेदनका कारणबाट चार हजार ८०१ र अन्य कारणबाट ६५ हजार १७५ आवेदन रद्ध भएका थिए।

बाँकी रहेका २१ लाख १२ हजार ७९९ योग्य आवेदक मध्येबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गरिएको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

असार २४ गते देखि २८ गते सम्म ६४ लाख ५० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन खुला गरिएको थियो।

निष्काशन गरिएको कूल शेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई पनि समान ५ प्रतिशत बराबर ३ लाख  २२ हजार ५०० कित्ता सेयर छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणकालागि निष्काशन गरिएको थियो।

कूल निष्काशनको करिब ५.९२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

9520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका