जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ३१ सय विन्दुको प्रतिरोधमा रहेको नेप्सेमा ३४ अंकले करेक्सन

३१ सय विन्दुको प्रतिरोधमा रहेको नेप्सेमा ३४ अंकले करेक्सन

साताको पहिलो कारोबार दिन आइतबार दिन नेप्से सूचक ३४.४७ अंकले बढेर २ हजार ९६६.३३ विन्दुमा आइपुगेको छ । बजार खु्लेदेखि नै  शेयरमा उत्तारचढाब देखापरेको थियो ।  बजार निरन्तर बढीरहँदा बिक्रेताभन्दा पनि खरिदकर्ताहरु हाबीहुँदा अन्तिमसमयमा बजार बरेक्सनमा गएको हो ।

नेप्से सूचकले ३ हजार १०० विन्दुको प्रतिरोधलाई छेड्ने प्रयास गरे पनि प्रयास सफल भने भएन । यो दिन नेप्से सूचक ३ हजार ३८.१६ प्रतिशतको परीक्षण गरेर ओरालो लागेको थियो ।

यो दिन कारोबारमा आएका ३३० कम्पनीको ६ करोड ५४ लाख कित्ता शेयर किनबेचहुँदा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । 

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ६.६५ अंकले घटेर ५२५.२८ विन्दुमा आइपुगेको छ ।


यो दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहमध्ये बैंकिङ, जीवन बीमा,नीर्जिवन बीमा, म्युचुअफ फन्ड बाहेक अरु सबै उपसमूहमा रातो पोतिएको छ । यो दिन सवैभन्दा बढी बैंकिङ उपसमूह ०.८४ प्रतिशतले बढेको छ । त्यस्तै नीर्जिवन बीमा उपसमूह ०.४६ प्रतिशतले बढेको छ ।उता यो दिन सबैभन्दा बढी होटल एन्ड टुरिजम ४.४९ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रोमा जलविद्युत् ३.७४ प्रतिशतले घटेको छ ।त्यस्तै अन्य उपसमूह ३.०४ प्रतिशतले घटेको छ । यो दिन सर्वाधिक कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स छ । उक्त कम्पनीको ८२ करोड १४  लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, दोस्रो कारोबार हुने कम्पनीमा अपी पावर कम्पनी छ । उक्त कम्पनीको ७८ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, कुमारी बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट बैंक, न्यादी ग्रुप पावर कम्पनीको ५२ करोड २८ लाख रुपैयाँदेखि ६५ करोड ९३ लाख रुपैयाँसम्मको कारोबार भएको छ। 

 बढेको बजारमा यो दिन पाँच अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा  राष्ट्रिय बीमा कम्पनी,लाइफ एन्स्योरेन्स कर्पोरेसन,मल्टीप्रपोज फाइनन्स कम्पनी,सम्पदा लघुवित्त वित्तीय संस्था,लिवर्टी इनर्जी कम्पनी,रिलायन्स फाइनान्सको  शेयर मूल्यमा  सर्किट लागेको हो ।

उता यो दिन नेपाल फाइनान्समा भने नकारात्मक सर्किट लागेको छ ।त्यसैगरी, यो दिन सगरमाथा लघुवित्त वित्तीय संस्था,न्यादी हाइड्रो पावर,शुभम् पावर,मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ७.५८प्रतिशतदेखि ८.५२ प्रतिशतले घटेको छ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका