जोडिनुहोस
सोमवार, जेष्ठ १४, २०८१
सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाइफको मनहरी शाखा कार्यालय विस्तार

सानिमा रिलायन्स लाइफको मनहरी शाखा कार्यालय विस्तार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मनहरी शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्धघाटन मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेश मान मानन्धर, कार्यवाहक वडा अध्यक्ष नवराज सुवेदी, कम्पनीका चिफ बिजनेश अफिसर सुर्य प्रकाश गुप्ता र क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले संयुक्त रुपमा गरेका हुन् ।

उक्त नयाँ शाखा कार्यालयको शाखा प्रमुखको जिम्मेवारी अनु लामालाई प्रदान गरेको कम्पनीले जनाएको छ । शाखा उद्धघाटन कार्यक्रम एरिया प्रबन्धक सुर्य गिरीले संचालन गरेका थिए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेशमान मानन्धतर, कार्यवाहक वडाध्यक्ष मनहरी–७ का नवराजी सुवेदी, हिमालयन लाइफ इन्स्योरेन्स मनहरी शाखा प्रमुख रुपक घिमिरे र एनआइसी एशिया बैंकका प्रशान्त सुवेदीले शुभकामना व्यक्त गरेका थिए ।

शाखा उद्धघाटन कार्यक्रममा वडाध्यक्ष नवराज सुवेदी, कम्पनीका चिफ बिजनेश अफिसर सुर्य प्रकाश गुप्ता, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति मानन्धर, एनएलजी इन्स्योरेन्स, मनहरी शाखाका प्रमुख सन्तोष सुवेदी, क्षेत्रीय प्रबन्धक, नारायणगढ क्षेत्र मदन बहादुर गाहा, एरिया प्रबन्धक सुर्य गिरी, टाँडी शाखाका एमडीआरटी कल्पना विष्ट, चिफ एजेन्सी म्यानेजर देवराज रुम्वा, एनआइसी एशिया बैंक मनहरीका प्रशान्त सुवेदी, हिमालयन लाइफ इन्स्योरेन्स मनहरी शाखाका प्रमुख रुपक घिमिरे, इलाका प्रहरी कार्यालय मनहरीका मान बहादुर कुमाल लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?