जोडिनुहोस
सोमवार, भदौ ३१, २०८१
सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • विकास बैंकहरुले बढाए चुक्तापुँजी

विकास बैंकहरुले बढाए चुक्तापुँजी

विकास बैंकहरुले १ वर्षमा करिब १ अर्ब रुपैयाँले चुक्तापुँजी बढाएका छन्। आर्थिक वर्ष २०८०।८१ सम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुको चुक्तापुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा १ अर्ब ९८ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुको कुल चुक्तापुँजी ४० अर्ब १८ करोड २० लाख रुपैयाँ थियो ।

यस्तै आर्थिक वर्ष २०७८।७९ मा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुको कुल चुक्तापुँजी ३६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ थियो । यसरी हेर्दा विकास बैंकहरुले क्रमशः चुक्तापुँजी बढाउँदै लगेको देखिन्छ। सबैभन्दा बढी चुक्तापुँजी मुक्तिनाथ विकास बैंकको छ । बैंकले २०८१ असार मसान्तसम्म ७ अर्ब ४ करोड ४९ लाख ३८ हजार रुपैयाँ चुक्तापुँजी कायम गरेको छ । गरिमा विकास बैंकले ५ अर्ब ६८ करोड पाँच लाख १७ हजार रुपैयाँ चुक्तापुँजी कायम गरेको छ । चुक्तापुँजी धेरै हुने विकास बैंकहरुमध्ये दोस्रो स्थानमा यो बैंक रहेको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँ चुक्तापुँजी कायम गरेको छ । ज्योति विकास बैंकले ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्तापुँजी कायम गर्दा महालक्ष्मी विकास बैंकले ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ चुक्तापुँजी पु¥याएको छ ।

लुम्बिनी विकास बैंकले ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार रुपैयाँ पुर्याउँदा सांग्रिला डेभलपमेन्ट बैंकले ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ चुक्तापुँजी पुर्याएको छ। यस्तै कामना सेवा विकास बैंकले ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ चुक्तापुँजी पुर्याउँदा मितेरी डेभलपमेन्ट बैंकले १ अर्ब १ करोड ५० लाख १ हजार रुपैयाँ चुक्तापुँजी कायम गरेको छ ।

यस्तै क्षेत्रीयस्तरको सप्तकोशी विकास बैंकको चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ पुग्दा सिन्धु विकास बैंकको ५५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ पुग्दा ग्रीन डेभलपमेन्ट बैंकको ५१ करोड १९ लाख, कर्णाली विकास बैंकको ५० करोड २८ लाख र साल्पा डेभलपमेन्ट बैंकको ३५ करोड रुपैयाँ चुक्तापुँजी पुगेको छ। यस्तै नारायणी विकास बैंकको चुक्तापुँजी २६ करोड २४ लाख रुपैयाँ पुग्दा एक्सेल डेभलपमेन्ट बैंकको चुक्तापुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका