जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • यस्तो छ देशको एक वर्षको आर्थिक तथा वित्तीय स्थिति

यस्तो छ देशको एक वर्षको आर्थिक तथा वित्तीय स्थिति

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक एक वर्षको तथ्यांकसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।

बैंकका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । यस्तै शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको रिपोर्टमा उल्लेख छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैंकले जनाएको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

यस्तै असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.५० खर्ब ७४ अर्ब पुगेको रिपोर्टमा उल्लेख छ ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका