जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एनएमबि बैंककाे वितरणयोग्य नाफा पनि १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ

एनएमबि बैंककाे वितरणयोग्य नाफा पनि १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ

एनएमबि बैंकले तीन महिनामा ९६ करोड करोड बढी खुद नाफा कमाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

पहिलो त्रैमासमा बैंकले ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने ६.६३ प्रतिशतले बढी हो । बैंकका खुद ब्याज आम्दानी पनि ८.२९ प्रतिशतले बढेर २ अर्ब २२ करोड ४५ लाख २० हजार रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको संचलान नाफा पनि ६.५१ प्रतिशतले वृद्धि भई १ अर्ब करोड ६० लाख रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा पनि १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा सामान्य (४.०९ प्रतिशतले) घटेर २ खर्ब १ अर्ब ७० करोड ६४ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा लगानी भने १.९१ प्रतिशतले वृद्धि भई १ खर्ब ९२ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा पनि ०.९४ प्रतिशतले वृद्धि भई २.८४ प्रतिशत कायम भएको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ २९ पैसाले वृद्धि भई २० रुपैयाँ ९८ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ६९ पैसा कायम भएको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ राखेको छ ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?