जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सेयर बजार बढ्दा सरकारको कमाइ बढ्यो, साउनमा १० गुणाले बढ्यो लाभकर

सेयर बजार बढ्दा सरकारको कमाइ बढ्यो, साउनमा १० गुणाले बढ्यो लाभकर

सेयर बजार लगातार बढ्दा लगानीकर्ताले मात्रै नभएर राज्यले पनि कमाएको छ । साउन महिनामा बजारको कारोबारमा निकै उछाल आएको छ । कारोबार रकममा आएको उछालले लगानीकर्तासहित राज्यलाई समेत लाभ भएको हाे ।

गत आर्थिक वर्षको साउनको तुलनामा यो वर्ष साउनमा राज्यले पाउने पुँजीगत लाभकर ९५७.१० प्रतिशतले बढेको छ । गत आवको साउन मसान्तमा सेयर बजारबाट राज्यले ४० करोड ८ लाख ९१ हजार रुपैयाँ पुँजीगत लाभकर पाएको थियो ।

सिडिएससीका अनुसार गत साउनकाे तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राज्यले पुँजीगत लाभकरकाे रुपम ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ हात पारेको छ । गत साउनको तुलनामा यो साउनमा पुँजीगत लाभकर १० गुणाले बढेको छ । एक महिनामा बजार ७६० अंकले बढेर ३००० बिन्दुमा पुगेको थियो । साउनमा कारोबार रकमले पनि नयाँ रेकर्ड बनायो । करिब ३० अर्ब रुपैयाँसम्मको सेयर किनबेच भएको छ ।

साउन महिनामा पहिलो दुई कारोबार दिन क्रमशः साढे ८ र ९ अर्बको सेयर कारोबार भएको थियो । त्यसपछि १२ अर्ब भन्दा माथी नै रहेको छ । जसले गर्दा राज्यले पाउने पुँजीगत लाभकर बढेको हाे ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?