जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ऊर्जामा वाणिज्य बैंकहरुको लगानी पौने चार खर्ब, कुन बैंकको कति ?

ऊर्जामा वाणिज्य बैंकहरुको लगानी पौने चार खर्ब, कुन बैंकको कति ?

नेपालका बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा तीन खर्ब ७६ अर्ब एक करोड ५३ लाख कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक वर्ष २०८०–८१ सम्मको तथ्यांकले यस्तो देखाएको हो ।

अहिले बैंकहरुले कुल कर्जा प्रवाहको १० प्रतिशत रकम ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । त्यसमा पनि २०८४ असारसम्मको समय सीमा छ । त्यसभन्दा अघि २०८२ असार मसान्तसम्म ७ प्रतिशत, २०८३ असार मसान्तसम्म ८ प्रतिशत र २०८४ असार मसान्तसम्म १० प्रतिशत पुर्याउनुपर्ने राष्ट्र बैंकको व्यवस्था छ ।

२०८१ असार मसान्तसम्म बैंकहरुले ऊर्जा क्षेत्रमा प्रवाह गरेको कर्जाको अनुपात (हिस्सा) ७.२७ प्रतिशत हो । गत असार मसान्तसम्म बैंकहरुले ५१ खर्ब ६७ अर्ब १७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमा ऊर्जा क्षेत्रमा तीन खर्ब ७६ अर्ब एक करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
त्यसमा वाणिज्य बैंकहरुले मात्रै तीन खर्ब ६५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । यसैगरी विकास बैंकले नौ अर्ब ८३ करोड ४८ लाख रुपैयाँर वित्त कम्पनीले ९३ करोड २५ लाख रुपियाँ लगानी गरेका छन् ।

ऊर्जा क्षेत्रमा लगानी गर्ने मामिलामा कुमारी बैंक अग्र स्थानमा देखिएको छ । उक्त बैंकले ३५ अर्ब ७५ करोड ६० लाख रुपैयाँ ऊर्जा क्षेत्रमा देखिएको छ । दोस्रो स्थानमा भने नबिल बैंक देखिएको छ, उक्त बैंकले ऊर्जा क्षेत्रमा ३१ अर्ब एक करोड १३ लाख ६८ हजार रुपैयाँँ लगानी गरेको छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३० अर्ब ५७ करोड ७२ लाख रुपैयाँ ऋण ऊर्जा क्षेत्रमा लगानी गरेको छ ।

यस्तै, ग्लोबल आईएमईले २५ अर्ब ५६ करोड, एनएमबीले २५ अर्ब २५ करोड, लक्ष्मी सनराइजले २३ अर्ब २६ करोड, प्राइम कर्मशिलयले २१ अर्ब ७२ करोड, राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ५६ करोड, प्रभुले १९ अर्ब ६६ करोड, सानिमाले १९ अर्ब ६२ करोड र सिटीजन्सले १६ अर्ब २९ करोड रुपैयाँ ऋण ऊर्जा क्षेत्रमा लगानी गरेका छन् ।

यसैगरी सिद्धार्थले १६ अर्ब १७ करोड, हिमालयनले १५ अर्ब ६९ करोड, एभरेष्टले १४ अर्ब ६४ करोड, नेपाल बैंकले १२ अर्ब ८४ करोड, माछापुच्छ«े १२ अर्ब तीन करोड ९१ लाख, नेपाल एसबीआईले १० अर्ब ३६ करोड, कृषि विकासले सात अर्ब एक करोड ९१ लाख, एनआइसी एसियाले तीन अर्ब ८२ करोड ३३ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले तीन अर्ब ३३ करोड ८९ लाख रुपैयाँ कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गरेका छन् ।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका