जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा जारी

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा जारी

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको १ लाख १३ हजार १८३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार १८३ कित्ता र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको हो ।

जेठ १६ गतेदेखि विक्रीमा महुली लघुवित्तको शेयर प्रतिकित्ता रू. २६४ र सूर्योदय लघुवित्तको प्रतिकित्ता रू.२३७ मा विक्रीमा आएको हो । यो शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । दुबै कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरेको थियो ।

विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी महुली लघुवित्तको शेयर खरीदका लागि न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । सूर्योदय लघुवित्तको शेयर खरीदका लागि भने न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

दुबै कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले जेठ १६ गतेपछि कम्पनीद्वारा घोषणा हुने लाभांश र हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । दुबै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका