जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सरकारको एकीकृत वित्तीय विवरण अर्थमन्त्रीको हातमा, महालेखा नियन्त्रक पौडेलले बुझाए प्रतिवेदन

सरकारको एकीकृत वित्तीय विवरण अर्थमन्त्रीको हातमा, महालेखा नियन्त्रक पौडेलले बुझाए प्रतिवेदन

महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्षको तीन तहका सरकारको एकीकृत वित्तीय विवरण अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको छ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले सोमबार एक समारोहबीच अर्थमन्त्री खनाललाई आन्तरिक लेखापरीक्षण वार्षिक प्रतिवेदन र सरकारी सम्पत्तिको एकीकृत प्रतिवेदन बुझाएका हुन्।

नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचा अनुरूप तयार पारिएको प्रस्तुत विवरण तथा

प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय सरकार तथा बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी)का निकायका विवरण समावेश गरिएको छ।

प्रतिवेदन अनुसार गत आवमा संघ, प्रदेश र स्थानीय सरकारको संचित कोष १ खर्ब ८ अर्ब ९९ करोड ६ लाखले ऋणात्मक देखिएको छ। तर नगद अवस्था भने १ खर्ब ४ अर्ब १३ करोड ८४ लाखले धनात्मक रहेको कार्यालयले जनाएको छ।

संघ, प्रदेश र स्थानीय सरकार तथा एक्स्ट्रा बजेटरी निकायका विभिन्न कोषको मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात १ खर्ब ८८ अर्ब ९४ करोड ५८ लाखले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका