जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले धितोपत्र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृती पाएको हो ।

कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृती पाएको हो । इकाई निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।

अब कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका