जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण नियमनकारी निकाय बीमा प्राधिकरणमा पठाउने र प्राधिकरणबाट स्वीकृति भएपश्चात साधारणसभामा लैजाने निर्णय कम्पनीले गरेको छ ।

यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष २०७८/७९ मा ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५४५ रुपैयाँ छ ।

965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?