जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुद्वारा ३ खर्ब १६ अर्ब आवासीय व्यक्तिगत घर कर्जा प्रवाह

वाणिज्य बैंकहरुद्वारा ३ खर्ब १६ अर्ब आवासीय व्यक्तिगत घर कर्जा प्रवाह

गत आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जामा ३ खर्ब १६ अर्ब ८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

तीमध्ये ५ वटा बैंकहरुबाट मात्रै १ खर्ब ६६ अर्ब १७ करोड ७८ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुबाट गएको आवासीय व्यक्तिगत घर कर्जाको ५० प्रतिशतभन्दा बढी हो।

गत वर्ष एनआईसी एसिया बैंकबाट सर्वाधिक ५९ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा गएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंकबाट ३३ अर्ब ३६ लाख रुपैयाँ र तेस्रोमा नबिलबाट २५ अर्ब ८६ करोड १७ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ।

यसैगरी चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यो एक वर्षको अवधिमा राष्ट्रिय वाणिज्य बैंकबाट २४ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ।

पाँचौँमा एभरेष्ट बैंक रहेको छ। यो बैंकबाट समीक्षा वर्षमा २२ अर्ब ९१ करोड ८२ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा गएको छ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका