जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनु पर्छ : अर्थमन्त्री

अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनु पर्छ : अर्थमन्त्री

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अब पनि निजी क्षेत्रले गुनासो गरिरहन नुहने बताएका छन्  ।

उनले भने, ‘अब गुनासो बोकेर होइन,समस्या के के छन्, सरकार सुन्न तयार छ,सुन्न मात्र होइन सहकार्य गर्न र लागू गर्न पनि तयार छ।’

आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन) द्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,अहिलेको सरकार राजनीतिक स्थिरता र अर्थतन्त्र  चलायमान बनाउन अग्रसर छ,निजी क्षेत्रमा लगानीको वातावरण बनाउनका लागि थप के गर्न सकिन्छ, गर्न तयार छु।’

साथै उनले अर्थतन्त्रको बाह्य छेत्र सहज भए पनि समग्र अर्थतन्त्र चलायमान बन्न नसकेको बताउँदै अहिले चाहेर पनि अर्थतन्त्र शिथिलताबाट उठ्न नसकेको धारणा राखे ।चौतर्फी आलोचनालाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीति आएको हुँदा अहिले मौद्रिक नीतिलाई सबैले स्वागत गरेको उनले बताए। 

त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मौद्रिक नीतिकै कारण शेयर बजार चलायमान भएको भन्दै यसले आम लगानीकर्तालाई उत्साहित बनाएको बताए।उनले पूँजीगत खर्च बढेकोले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेको बताउँदै भने,‘धेरै कर लगाउँदा नेपालका अधिकांश नागरिक सिमा नाकामा गएर सामान्न किन्न जान्छन्, यसलाइ रोक्नु पर्छ।’

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) ले बैंक तथा वित्तीय संस्थामा संस्थापक र लगानीकर्ता छुट्याउनु पर्ने बताए।उनले भने,‘यसलाई छुट्याउने नै हो,५१ प्रतिशत शेयर हुनैपर्छ।’

उनले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा पुग्ने अवस्था आउनु नहुने पनि बताए । मौद्रिक नीतिका कारण शेयरबजारसँगसँगै आर्थिक क्षेत्र पनि चलायमान बनाएको बताए ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिगतको भन्दा यसवर्ष कर्जाको माग बढ्दो अवस्थामा रहेको बताए।भदौ महिनामा १२अर्ब रुपैयाँकर्जा प्रबाह भएको भन्दै साउन महिनामा कर्जा प्रवाह केही सहज भएको उनको भनाइ छ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका