जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

कामना सेवा विकास बैंकले कावासोती नगरपालिकास्थित नारायणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  कम्पनीको डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर ठकुरीलाई पोशाक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती–१७, पुरानो अमलटारी क्षेत्र, नारायणीको तटिय क्षेत्रमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुगेको बताए ।

 कार्यक्रममा बोल्दै कम्पनीका शाखा प्रमुख अधिकारीले कावासोती नगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नारायणी आधारभूत विद्यालयका प्रध्यापक, कावासोती नगरपालिकाका १७ का प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती थियो ।  

यससँगै कम्पनीले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने बताएको छ । 

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका