जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरुलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरुलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई मिति २०८१/०३/०४ गतेका दिन स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख श्री कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख श्री उमेश खड्का, र श्री जनज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष श्री उद्घब काफ्ले र प्रधानाध्यापक श्री धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो । सो व्याग वितरण र वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्र्रमले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बंैक विश्वस्त रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

2865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?