जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आज (बिहीवार) देखि लिलामीमा विक्री खुला भएको छ ।

बैंकले कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामीमा खुला गरेको हो । यस शेयरको न्यूनतम मूल्य रू. ६२८ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले असार ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ । लिलामीको बोलपत्र विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी पेश गर्नु पर्नेछ ।

7535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?