जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राइम लाइफको जीवन बीमा कोषको आकार २५% ले बढ्यो

प्राइम लाइफको जीवन बीमा कोषको आकार २५% ले बढ्यो

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा २२ करोड ८६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा १७ प्रतिशतको गिरावट आएको छ।

कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ५५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ११ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीले यस अवधिमा ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

२ अर्ब ७७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५० करोड ५४ लाख रकम छ भने जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड रकम रहेको छ। जीवन बीमा कोष २५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ०९ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२४ रुपैयाँ ५४ पैसा छ।

2510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका