जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना, ३४ वर्षमा नेपाली बीमा कम्पनीको पहिलो महिला सिइओ

युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना, ३४ वर्षमा नेपाली बीमा कम्पनीको पहिलो महिला सिइओ

यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन्। पौडेललाई चार वर्षका लागि सिइओमा नियुक्त गरिएको हो।

पौडेल ३४ वर्षको उमेरमा बीमा कम्पनीको पहिलो महिला सिइओ बनेकी छिन्। उनी भर्खरै ३४ वर्ष पुगेकी छिन्। उनको बीमा क्षेत्रमा एक दशकको अनुभव छ।

भारतको दिल्ली विश्व विद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट उनले एमबिए गरेकी छिन्। उनी भारतमा बीमा क्षेत्रमा काम गरेकी थिइन्। यसअघि पौडेल यूनाइटेडको निमित्त सिइओ थिइन  ।

8765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका