जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अभिकर्ताप्रति कठोर बन्यो प्राधिकरण, ढाँटेर वा लुकाएर बीमा गरे लाइसेन्स रद्द गर्ने

अभिकर्ताप्रति कठोर बन्यो प्राधिकरण, ढाँटेर वा लुकाएर बीमा गरे लाइसेन्स रद्द गर्ने

नेपाल बीमा प्राधिकरणले अभिकर्ताका लागि कठोर व्यवस्था ल्याएको छ। प्राधिकरणले अब अभिकर्ताले ढाँटी वा लुकाई बीमा गरेको पाइएमा इजाजतपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था ल्याएको हो।

गत साउन ३१ गते प्राधिकरणले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। प्राधिकरणले निर्देशिकाको परिच्छेद–७को दफा ३६ को उपदफा ३ मा संशोधन गर्दै अभिकर्ताका लागि यो व्यवस्था ल्याएको हो।


संशोधित निर्देशिकामा बीमा अभिकर्ताले आफू अभिकर्ता भई बीमितको स्वास्थ्य अवस्था, उपचारको अभिलेख, उमेर, आयस्रोत तथा कागजात विवरणहरु पूर्ण रुपमा नभरी, ढाँटी वा लुकाई बीमा गरेको वा गराइएको पाइएमा बीमा ऐनको दफा १४० बमोजिम बीमा कसुर गरेको मानिने व्यवस्था गरिएको छ। सोही व्यवस्थाबमोजिम त्यस्तो बीमालेख सिफारिस गर्ने अभिकर्ताको इजाजतपत्र (लाइसेन्स) रद्द गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि निर्देशिकाको परिच्छेद–७को दफा ३६ को उपदफा ३ मा बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन नपाउने व्यवस्था गरिएको थियो। यो व्यवस्था भने निर्देशिकामा संशोधन गर्दै हटाइएको छ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका