जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • दुई अर्बभन्दा बढीका दुई म्युचुअल फन्ड आउँदै, सिद्धार्थ र कुमारीले पाए अनुमति

दुई अर्बभन्दा बढीका दुई म्युचुअल फन्ड आउँदै, सिद्धार्थ र कुमारीले पाए अनुमति

पुँजी बजारमा २ अर्ब ३० करोड बराबरका दुई सामुहिक लगानी कोषले सञ्चालन अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ र कुमारी सुनौलो योजना सामूहिक लगानी कोषलाई इकाइ निष्कासन अनुमति दिएको हो।

दुई योजनाहरु मध्ये एउटा बन्द र अर्को खुलामुखी हो। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ बन्दमुखी योजना हो। यसले प्रति इकाइ १० रुपैयाँका दरले १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ निष्कासन तथा बिक्री गर्ने भएको छ। यो म्युचुअल फन्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल छ।

यस्तै कुमारी क्यापिटलले कुमारी सुनौलो योजना निष्कासनका लागि अनुमति पाएको छ। कुमारी सुनौलो खुलामुखी योजना हो। बोर्डले योजनालाई १ अर्ब बराबरको १० करोड इकाइ निष्कासन तथा इकाइ बिक्री अनुमति दिएको हो।

कुमारी सुनौलोले पनि प्रति इकाइ १० रुपैयाँका दरले बिक्री गर्नेछ। दुवै म्युचुअल फण्डले गत बुधबार बोर्डबाट अनुमति पाएका हुन्।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका