जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंको बालुवाटारमा रहेको सांग्रिला डेभलपमेन्ट बैंक र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्टबीच बैंकका ग्राहक, सेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहकलाई सेवामा २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीहरुलाई सेवामा २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका