जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालको एकपछि अर्को निर्णयले शेयर माफियाहरुको निद्राहरामः सि–आस्वा शुल्क ५ रुपैया कायम भएपछि बैंकहरुको कमाउ धन्दाको अन्त्य !

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालको एकपछि अर्को निर्णयले शेयर माफियाहरुको निद्राहरामः सि–आस्वा शुल्क ५ रुपैया कायम भएपछि बैंकहरुको कमाउ धन्दाको अन्त्य !

केहि समय यता आईपीओ भर्नेको संख्या घटेको छ । एक त बुल बजारमा जस्तो अहिलेको बजारमा ‘चार्म’ नहुनु स्वाभाविक पनि हो, अर्कोतर्फ भर्यो–भर्यो, पर्दैन अनि किन भर्नु, बेकार आश्वा शुल्क मात्र स्वाहा भन्ने मनोविज्ञान हाबी हुँदा आईपीओ भर्नेको संख्या घटेको हो भन्दा फरक पर्दैन । हुन पनि आश्वा शुल्कका नाममा बैंकहरुले लुट नै मच्चाएका थिए । राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, एनआईसी एशिया बैंकले मात्र निशुल्क आईपीओ भर्न पाउने व्यवस्था गरेका थिए । कुमारी बैंकले केहि समय अघि मात्र सीआश्वा शुल्क खारेज गरेको थियो । बाँकी वाणिज्य बैंकहरुले १० रुपैयाँदेखि २५ रुपैयाँसम्म आश्वा शुल्क उठाउने गरेका थिए । स्ट्यान्डर्ड चार्टड बैंकले त एक पटक आईपीओ भरेको १०० रुपैयाँ लिन्थ्यो । सेयर बजारका लगानीकर्तामाथि यो हदसम्मको लुट थियो कि आईपीओ निष्कासन रकम भन्दा बढी त आश्वा शुल्क नै उठ्ने गर्थ्यो । तर लगानीकर्तामाथिको सो लुटलाई नेपाल धितोपत्र बोर्डले अव एक पटक आईपीओ भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ शुल्क मात्र लिन पाउने भएका छन् । यो नियम ७ भदौ, २०७९ बाट लागु भएको नेपाल धितोपत्र बोडका अध्यक्ष रमेश हमालले पंक्तिकारसंगको भेटमा बताए ।

गरे के नहुने रहेछ र ? कुनै बेला आश्वा शुल्क घताउनुपर्यो भनेर लगानीकर्ताहरुले माग राख्दा नेपाल धितोपत्र बोर्डको तत्कालीन नेतृव यसो गर्न बैंकले मान्दैन भनेर पन्छिन्थ्यो । सीआश्वा शुल्कका नाममा सेयर बजारमा लुट मच्चिरहँदा बोर्डका हाकिमहरु भुँडी पल्टाएर हिड्ने गर्थे, कानमा तेल हालेर बस्ने गर्थ्य । लगानीकर्तालाई चुसेर, सूचीकृत कम्पनीका मनपरी छोपेर खान पल्किएकाहरुले धितोपत्र बोर्डमा लगानीकर्ताका पक्षमा सिन्का भाँच्दैनथिए ।जहाँ–जहाँ पैसा आउँछ, त्यहि मात्र गर्थ्य । तर सेयर बजारलाई बलियो बनाउने प्रतिबद्धता गरेर नेपाल धितोपत्र बोर्डमा आएका नयाँ अध्यक्ष रमेश हमालले कुलमान शैलीमा काम गर्न थालेका छन् । भन्दा अब फरक पर्दैन । लगानीकर्ताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष हमाल निरन्तर लगानीकर्ताकै पक्षमा छन् । धितोपत्र बोर्डमा आएपछि नै रमेश हमालले कमालको काम गरेका छन् । उनको काम देखेर सेयर बजारका माफियाहरुलाई गतिलो निन्द्रा लाग्दैन आजकल । बुझ्न गाह्रो छैन, सीआश्वा शुल्क यसरी घटाउने निर्णय गर्दा उनलाई पक्कै बैंकहरुका सञ्चालक र अध्यक्षहरुको प्रेसर थियो, तर उनले गरेरै छाडे । र त अहिले लगानीकर्ता भनिरहेका छन्, साधुवाद हमाल सरलाई ।

ब्रोकरको कोटा प्रणाली खारेज गरेर ब्रोकरको लाइसेन्स बैंकहरुले पनि पाउने गरी ब्रोकर लाइसेन्स सम्बन्धि मस्यौदा संसोधनका लागि नेपाल धितोपत्र बोर्डको संचालक समितिबाट पास गरेर क्याबिनेट पठाउने क्रान्तिकारी निर्णय गरेका छन् उनले । अध्यक्ष हमालको कामबाट आत्तिएका केहि शेयर बजारका माफियाहरुको चलखेलका कारण अहिले सो मस्यौदा क्याबिनेटले पास गरेको छैन । केहि मन्त्रीले अनावश्यक बखेडा झिकेपछि अहिले सो मस्यौदा कानुन समितिमा पठाइएको भेटिएको छ ।

अध्यक्ष रमेश हमालले सीआश्वा शुल्क घटाएर लगानीकर्ताका पक्षमा काम गरेका छन् । यतिमात्र होइन, उनी धेरै अन्य यस्तै लगानीकर्ता मैत्री काम गर्न लागि परेको देखिन्छ । ब्रोकरको कोटा प्रणाली खारेज गरेर ब्रोकरको लाइसेन्स बैंकहरुले पनि पाउने गरी ब्रोकर लाइसेन्स सम्बन्धि मस्यौदा संसोधनका लागि नेपाल धितोपत्र बोर्डको संचालक समितिबाट पास गरेर क्याबिनेट पठाउने क्रान्तिकारी निर्णय गरेका छन् उनले । अध्यक्ष हमालको कामबाट आत्तिएका केहि शेयर बजारका माफियाहरुको चलखेलका कारण अहिले सो मस्यौदा क्याबिनेटले पास गरेको छैन । केहि मन्त्रीले अनावश्यक बखेडा झिकेपछि अहिले सो मस्यौदा कानुन समितिमा पठाइएको भेटिएको छ । तर सो मस्यौदा पास गर्नका लागि हमाल अहिले पनि दौडधुपमा छन् । नबुझेकालाई बुझाईरहेका छन् भन्दा अब फरक पर्दैन ।

आशा गरौं, यो मस्यौदा क्याबिनेटले छिट्टै पास गर्नेछ । अध्यक्ष हमालले जे गर्नुपर्ने हो, त्यो गरिसके । अव क्याबिनेटमै कसैले चलखेल गर्छ भने त्यसमा उनको केहि लाग्ने कुरै भएन । तर जसरी पनि बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिन मिल्नेगरी बनाइएको मस्यौदा पास गर्न अध्यक्ष हमाल लागि परेका छन् । भन्दा अब फरक पर्दैन । अध्यक्ष हमालकै पहलमा बर्षौंदेखि मर्जर तथा प्राप्तिका समयमा लगानीकर्ताको सम्पत्ति बन्धक बनाउने कामको अव छिट्टै अन्त्य हुँदैछ । उनकै पहलमा नेपाल राष्ट्र बैंकले यससम्बन्धि आवश्यक व्यवस्था मिलाउने काम नेपाल धितोपत्र बोर्डलाई नै दिएको छ । यो आफैंमा एउटा सफलता हो । भन्दा फरक पर्दैन । अव छिट्टै नै लगानीकर्ताको सम्पत्ति महिनौंसम्म बन्धक हुने बाध्यताको अन्त्य हुनेछ । यस्तो व्यवस्था गर्नका लागि काम अगाडी बढीसकेको छ ।यसका लागि पनि अध्यक्ष रमेश हमाललाई सलाम गर्नैपर्छ । अध्यक्ष रमेश हमाल यतिमा रोकिएका छैनन्, उनले नेप्से र धितोपत्र बोर्डले पाउने कमिसन घटाउन लागेका छन् । त्यसपछि ब्रोकरको कमिसन घटाउने तयारीमा छन् उनी । यसका लागि आवश्यक अध्ययन गरिरहेको छ उनको टिमले । र यो काम छिट्टै सम्पन्न हुने कुरामा कुनै शंका छैन । भन्दा फरक पर्दैन ।

हरेक राम्रा कामलाई सहयोग गर्नेछु । अध्यक्ष हमालको कार्यशैलीले अहिले नेपाल धितोपत्र बोर्डका केहि खान मात्र पल्केका कर्मचारीहरु पनि त्राहिमाम छन् । यतिसम्मकि कसरी हुन्छ हमाललाई बदनाम गराउन उनीहरु चन्दा संकलन काममा व्यस्त मात्रै छैनन् । पत्रकारलाई गोप्य कागज पत्र पठाएर समाचार लेखिदिन खामबन्दी सहित आग्रह गरिरहेका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल सार्वजनिक रुपमै भनेका छन्, बजारमा भएका हरेक विकृतिहरुविरुद्ध काम गर्नेछु । हरेक राम्रा कामलाई सहयोग गर्नेछु । अध्यक्ष हमालको कार्यशैलीले अहिले नेपाल धितोपत्र बोर्डका केहि खान मात्र पल्केका कर्मचारीहरु पनि त्राहिमाम छन् । यतिसम्मकि कसरी हुन्छ हमाललाई बदनाम गराउन उनीहरु चन्दा संकलन काममा व्यस्त मात्रै छैनन् । पत्रकारलाई गोप्य कागज पत्र पठाएर समाचार लेखिदिन खामबन्दी सहित आग्रह गरिरहेका छन् । लामो समयदेखि बोर्डलाई मागी खाने भाँडो बनाएका बोर्डभित्र कै केहि काम चोर कर्मचारीहरुले आफैं फेक आईडी बनाएर आफ्नै अध्यक्षलाई गाली गर्नेजस्तो तल्लो स्तरको कामसमेत गरिरहेको प्रमाण हामीले फेला पारेका छौं हेक्का होस् ।

सबैलाई ब्रोकर लाइसेन्स खुलाउने निर्णय अध्यक्ष हमालले गरेर स्वीकृतिका लागि क्याबिनेट पठाएपछि त अध्यक्ष हमाललाई कसरी सिध्याउने भनेर पुतलीसडकका रेष्टुरेन्टहरुमा, काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा माफियाका बैठकहरु बसेको भेटिएको छ । यतिसम्मकि हमालका विरुद्ध लाग्न भनेर पैसाको जोहो गर्न चन्दासमेत उठाएका छन् केहि बजारविरोधी माफियाहरुले । भन्दा अब फरक पर्दैन । यसो त अध्यक्ष हमाललाई पैसाले नपुग्दो केहि छैन, किनकि उनी ठुलो ठुलो व्यापार गरेर राम्रै पैसा कमाएका व्यक्ति हुन् । करिब १५ वर्ष विदेशमै व्यापार र संघर्ष गरेर आएका व्यक्ति हुँ । र त माफियाहरुले दिने केहि बिटा पैसाको लोभले उनलाई छुँदैन । भन्दा फरक पर्दैन । उनी आफैं राजनीतिक पहुँच राम्रो भएका व्यक्ति पनि हुन् । उनी हरेक कुरा बुझाउन सक्ने क्षमता राख्छन् । सेयर बजारलाई सिमित मान्छेले कसरी लुटेरा खाने भाँडो बनाएका छन् र तीनका पहुँच कहाँसम्म छ भन्ने हेक्का हमालसंग छ । अध्यक्ष हमालले पंक्तिकारको भेटमा भनेः– ठूलाले कमाउन् तर, सानालाई मारेर होइन बजार मुठ्ठीमा लिएर काम गर्नेहरुले बुझे हुन्छ नि ।

नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीबाट आइपिओमा आवेदन दिदा बैंकहरुले लिने मन लाग्दी शुल्कलाई नियन्त्रण गरेको छ । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीबाट आइपिओमा आवेदन दिदा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने व्यवस्था गर्ने गरेको हो । भन्दा फरक पर्दैन । यसबाट वाणिज्य बैंकहरुको कमाउ धन्दा बन्द भएको देखिन्छ । बैंक वित्तीय संस्थाले आइपिओमा आवेदन दिदा १० रुपैयाँदेखि ३०÷४० रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

नेपालका २६ वाणिज्य बैंकहरुले सि–आस्वाको आवेदन दिँदा १०० रुपैया देखि ५ रुपैया सम्म शुल्क लिएर ठगी गर्दै आएको समाचार आर्थिक बजार न्यूज डटकमले लगाताररुपमा प्रमाण–सहित प्रकाशन गरेपछि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले सबैलाई एउटै शुल्क ५ रुपैया भाद्र ७ बाटै लागु गर्ने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीबाट आइपिओमा आवेदन दिदा बैंकहरुले लिने मन लाग्दी शुल्कलाई नियन्त्रण गरेको छ । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीबाट आइपिओमा आवेदन दिदा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने व्यवस्था गर्ने गरेको हो । भन्दा फरक पर्दैन । यसबाट वाणिज्य बैंकहरुको कमाउ धन्दा बन्द भएको देखिन्छ । बैंक वित्तीय संस्थाले आइपिओमा आवेदन दिदा १० रुपैयाँदेखि ३०÷४० रुपैयाँसम्म लिने गरेको पाइएको छ । कतिपय लघुवित्तले २÷३ करोड रुपैयाँको आइपिओ निष्काशन गर्दा बैंक वित्तीय संस्थाले आस्वा शुल्क मार्फत शेयरधनीहरु सँग आस्वा शुल्क बापत ४÷५ करोड रुपैयाँसम्म उठाउने गरेको समाचार हामीले दिएका थियौ ।

सुरुवाती अवस्थामा कतिपय बैंक वित्तीय संस्थाले यसलाई निःशुल्क रुपमा सेवा दिदै आएका थिए । पछि बैंकहरुले यसैलाई कमाइको भाडो बनाउन थाले पछि लगानीकर्ता मारमा परेका हुन् । लगातार २०÷३० वटा कम्पनीमा आवेदन दिदा एउटा कम्पनीको पनि शेयर हाता लागेको हुँदैन तर बैंकहरुले प्रत्येक पटकको आवेदनमा २०÷३० रुपैयाँ उठाउदा त्यत्तीकै पैसा खर्च हुने गरेको छ । लगानीकर्ताको गुनासो पछि नेपाल धितोपत्र बोर्डले यसलाई पनि नियमन गरेर लगानीकर्ताको हितमा निर्णय गरेको हो । यसको श्रेय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई जानै पर्दछ । सचेत भया ।

11755
Shares

2 प्रतिक्रिया on “नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालको एकपछि अर्को निर्णयले शेयर माफियाहरुको निद्राहरामः सि–आस्वा शुल्क ५ रुपैया कायम भएपछि बैंकहरुको कमाउ धन्दाको अन्त्य !

  1. धेरै राम्रो काम गर्नु भाको छ हमाल सर ले सलाम छ वहा लाइ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका