जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • चाबहिलमा जुत्ता-चप्पल व्यापार मेला सुरु

चाबहिलमा जुत्ता-चप्पल व्यापार मेला सुरु

काठमाडौंको चाबहिलमा जुत्ता-चप्पल व्यापार मेला सुरु भएको छ । स्वदेशी कम्पनीहरूको संयुक्त आयोजनामा सुरु भएको व्यापार मेलाको नारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ रहेको छ । दशैंको अवसर पारेर चाबहिलको चुच्चेपाटीस्थित हायात हाई ग्राउन्डमा सञ्चालित मेला फूलपातीसम्म सञ्चालन हुने मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

व्यापार मेलामा शिखर, रन, हाइलाइफ, सिल्स, बोस, स्वदेश प्राइड, आइडल, वान वर्ल्ड, भेनस, एक्ट्रा, शु ल्यान्ड, बेली, डिजे कलेक्सन र हिमानी कलेक्सन गरी १४ कम्पनीका ५० भन्दा धेरै ब्रान्डका ८ हजारभन्दा बढी डिजाइनका जुत्ता-चप्पल बिक्री तथा प्रदर्शनीमा राखिने गिरीले जानकारी दिए । कम्पनीहरूले हालै उत्पादन गरेका नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल पनि बिक्री तथा प्रदर्शनीका लागि व्यापार मेलामा राखिने उनको भनाइ छ । जहाँ १५ देखि ५० प्रतिशतसम्म छुट पाइनेछ ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका