जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीलाई १५ लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीलाई १५ लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ। यससम्बन्धमा बैंक र कम्पनीबीच सम्झौता भएको छ। सो क्रममा तलबी खाता संचालन गर्ने सम्बन्धमा समेत सम्झौता भएको बैंकले जनाएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात कम्पनीमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई कम्पनीको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर ब्याजदर कायम गरी कर्जा लगानी गर्ने जानकारी दिएको छ। हाल बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ।

सम्झौता अनुसार कम्पनीका कर्मचारीहरूको तलबी खाता बैंकले संचालन गर्नेछ। यस सम्झौतामार्फत दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको बैंकले बताएको छ।

2455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका