जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


गरिमा पनि मर्जरमा जाने

गरिमा विकास बैंक कुनै उपयुक्त बैंकसँग मर्जरमा जाने भएको छ। आगामी साधारणसभामा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भएपछि यो प्रक्रियाको बाटो खुल्नेछ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले मंसिर २७ गते १३ औं वार्षिक साधारणसभा गर्ने मिति टुंगो गरेको छ। पूर्व घोषित १६.१५ प्रतिशत नगद लाभांस साधारणसभामा पेश हुने छ। बैंकले अधिकृत पूँजी बढाएर ५ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ। बैंकको हालको पूँजी दुई अर्ब ७८ करोड रुपैयाँ छ। ४५ करोड रुपैयाँ बोनस शेयर दिएर बैंकले चुक्ता पूँजी तीन अर्ब २३ करोड रुपैयाँ पुर्‍याउने छ।

साधारणसभामा अन्य कुनै बैंकसँग गाभ्ने/गाभिने प्रयोजनका लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिने भएको छ। बोनस शेयर वितरणपछि कायम हुने फ्र्याक्सन शेयरलाई यथावत राख्ने जनाइएको छ।

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १३ देखि २७ गतेसम्म बुक क्लोज गर्नेछ। पुस १२ गतेसम्म शेयर खरिद गर्नेले बोनस शेयर प्राप्त गर्न सक्ने

12420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका