जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • २८ वटै वाणिज्य बैंकका सीइओहरुलाई गर्भनरको निम्तो

२८ वटै वाणिज्य बैंकका सीइओहरुलाई गर्भनरको निम्तो

चिनीया ह्याकरहरुले नेपालको बैंकहरुको एटिएम ह्याक पछि ह्याकिंङको अध्ययन गर्न सिंगापुरबाट आएको फरेन्सिक टोली स्वदेश फर्किएको छ ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को आग्रहमा आएका सो टोलीले प्रतिवेदन सिंगापुर फर्केर आवश्यक प्रक्रिया पुरा गरी प्रारम्भिक प्रतिवेदन अनलाइन मार्फत नै बुझाउने छ ।

सिंगापुरबाट आएका फरेन्सिक टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउने भएपछि नेपाल राष्ट बैंकले २८ वटै बाणिज्य बैंकको सीइओहरुलाई बोलाई छलफल गर्ने भएको छ ।

राष्ट्र बैंकले पनि एटिएम ह्याकिंङको विषयमा छानविन गर्न भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति बनाएको समितिले राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन बुझाई सकेको छ ।

प्रतिवेदनमा प्रतिवेदनमा भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको नक्कली कार्ड प्रयोग गरी २०७६/०५/१४ गते शनिबार विहान ११ः०० बजे देखि साँझ ४ः३५ सम्ममा नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानका ६८ वटा एटिएम बाट रु। १,८९,४४,५००।–, भारतभित्रबाट ६ वटा नेपालका वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका विभिन्न स्थानका २४ बैंकका १३२ एटिएम बाट भा।रु। १,०५,८७,२००।– गरी कुल नेपाली रुपैयाँ ३,५८,८४,०२०।– बराबरको रकम झिकिएको पाइएको  छ ।

7610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका