जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • उद्योगको लाइन काटेर समस्याको समाधान हुँदैन : ऊर्जामन्त्री 

उद्योगको लाइन काटेर समस्याको समाधान हुँदैन : ऊर्जामन्त्री 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सरकारले डेडिकेटेड लाइनको पैसा असुल गर्ने बताएका छन् ।  शुक्रबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिंदै अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने बताए  ।

उनले भने, ‘लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानूनी बाटाहरु छन् । कानूनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौं ।’ 

मन्त्री खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताए । उनले विद्युतको आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्‍याउन लागिएको उल्लेख गरे ।

नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युतसम्बन्धी व्यवसाय भएको भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागिपरेको बताए । उनले भने, ‘निर्माणको समय भएकाले कहिलेकाहीं समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।’

विद्युतको उपभोग बढीभन्दा बढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उनको भनाइ छ । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कुनै समय समस्या आउने गरेको मन्त्री खड्काले बताए । 

80
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?