जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत रेमिट्यान्स पठाउने सुविधा

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत रेमिट्यान्स पठाउने सुविधा

एनआईसी बैंकले सम्पूर्ण बैंकिङ सेवा–सुविधा क्रमशः डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स सुविधा ल्याएको छ ।

यो सेवाअन्तर्गत अब ग्राहकले जुनसुकै स्थान र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रूपमा पठाउन सक्ने बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइल प्रयोग गरी बैंकको एनआईसी एशिया मोबैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपछि रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरेर रकम पठाउन सकिनेछ ।

पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउटरका साथै १० हजारभन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिनेछ । कोरोना महामारीको समय डिजिटल कारोबार गर्नुपर्ने अवस्थामा ल्याइएको यो सुविधामार्फत रेमिट्यान्स पठाउन सकिने हुँदा  ग्राहकलाई बैंक शाखा पुग्नुपर्ने झन्झट हट्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३५२ शाखा, ४७१ एटिएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

8760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका