जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • वर्तमान सरकारले एउटा पनि राम्रो काम गरेको छैन

वर्तमान सरकारले एउटा पनि राम्रो काम गरेको छैन

भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले पार्टीका आगामी रणनीति, कार्यभार र योजना तर्जुमा गर्दा धर्मको विषयमा पनि महत्वपूर्ण निर्णय लिने चर्चा राजनीतिक बृत्तमा थियो । करिव ८० प्रतिशत बढि हिन्दु धर्म मान्ने जनता नेपालमा स्थायी बसोबास गर्ने भएकाले कांग्रेसले संविधानमा हिन्दु धर्म उल्लेख गर्नका लागि पार्टीले सस्थागत निर्णय गरे अगाडि बढ्न सक्छ भन्ने आकलन पनि धेरैको थियो । तर, त्यस विषयमा कांग्रेसले निर्णय गरेन । धर्मको विषयमा कांग्रेसको धारणा के हो भन्ने विषयमा हामीले पूर्वमन्त्री तथा पार्टी केन्द्रिय सदस्य एनपी साउदसंग जान्ने प्रयास गरेका छौं । प्रस्तुत छ उनीसंग राजतिलक प्रतिनिधिले गरिएको कुराकानीको सारसंक्षेप ः

० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको धर्मको विषयमा धारणा के हो ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्टीले यसअगाडि देखिनै स्पष्ट रुपमा बताउँदै आएको छ । अहिले संविधानमा उल्लेख धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीको भर्खरै सम्पन्न महासमिति बैठकमा पनि उठ्यो । हामी धार्मिक स्वतन्त्रताको पक्षमा रहेपनि अहिलेसम्म कांग्रेसले सस्थागत निर्णय गरेर हिन्दूराष्ट्रको मुद्दा बोकेको छैन । त्यस बारेमा पार्टीमा गम्भिर बहस पनि भएको छैन ।

० महासमिति बैठकमा धेरै सदस्यहरुले धर्मका विषयमा कुरा उठाउने मात्र होइन, हिन्दु धर्म संविधानमा उल्लेख गर्न पार्टीलाई दवाव दिन भन्दै हस्ताक्षर अभियान समेत सञ्चालन गर्नु भएको थियो । जसमा सात सय बढि महासमिति सदस्य र १२ केन्द्रिय सदस्यले समेत हस्ताक्षर गर्नु भएको थियो त ?
महासमिति बैठकमा धर्मनिरपेक्षताबारे गम्भिर प्रश्न धेरै साथीहरुले उठाउनु भएको सतय हो । आधाभन्दा बढि सदस्यहरुले धर्मका बारेमा प्रश्न उठाउनु भएकै हो । सरकार एउटा विवादित धर्म प्रचारक सस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सहभागी भएर धार्मिक स्वतन्त्रताको खिल्ली उडाएको छ । राज्य आँफै नयाँ–नयाँ धर्मको प्रचारमा लागिपरेको र संविधानमा उल्लेख विषयमा बर्खिलाप गरेको हामीले बुझेका छौ । कोरियाका विवादित व्यक्तिलाई बोलाउने काम बर्तमान कम्युनिष्ट सरकारले गरेको छ । त्यतिमात्रै होइन, सरकार आँफै सहभागी भएकोबारे पार्टी महासमिति बैठक र केन्द्रिय समितिमा पनि गम्भिर समिक्षा भएको छ ।

कांग्रेसले सस्थागत रुपमा नै सरकारको यो कदमलाई भत्र्सनायोग्य र गम्भिर कदमको संज्ञा दिइ सकेको छ । पछिल्लो समय नेपाली कांग्रेसमा धर्मनिरपेक्षताको विषयमा लगातार बहस चलिरहेको छ । महासमिति बैठकमा मुलुकभरबाट आउनु भएका धेरै साथीहरुले संविधानमा धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता उल्लेख गर्नु पर्ने आवाज सशक्त रुपमा उठाउनु भएको छ । महासमितिका अधिकाशं साथीहरुको यो आवाजका बारेमा पार्टीमा गम्भिर छलफल गरेर आवस्यक निर्णय अवस्य पनि हामीले लिने छौ ।

० सरकार नै एउटा धर्मको पक्षमा खुलेर लाग्दा, प्रमुख प्रतिपक्षी कांग्रेस बोल्न सकेन भन्ने आरोप लागिरहेको छ नि ?
सरकार धर्मनिरपेक्षताको आचरणमा धर्म रुपान्तरणमा सामेली भएको जगजाहेरै छ । यो जघन्य कुरा भएको हामीले बुझेका छौ । सरकारको यो कार्यले नेपालमा धार्मिक अहिष्णुताको जोखिम बढ्ने खतरा पनि देखिएको छ । यस विषयमा कांग्रेस सचेत छ, आवस्यकता परेको वेलामा गम्भिर छलफल गरेर उपयुक्त राष्ट, आम नागरिकले स्वागतयोग्य भन्ने गरी निर्णय लिन्छ ।

० १० दिन चलेको महासमिति बैठकका उपलव्धि के के हुन त ?
भर्खरै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहाँसिक भयो । यो महासमिति बैठकले गरेको निर्णयका कारण नेपाली कांग्रेस पार्टीभित्र संघीयता कार्यान्वयन गर्ने पहिलो पार्टी बनेको छ । हामीले संविधानमा उल्लेख गरिएको प्रावधान अनुरुपका पार्टी संरचना बनाउने नीतिगत निर्णय महासमिति बैठकबाट गरेका छौ । समावेशी समानुपातिको व्यवस्था पार्टीमा संविधानमा उल्लेख भए अनुरुप गरेका छौ

। साथै कांग्रेस विवादित पार्टी भएको र आन्तरिक लडाईका कारण कांग्रेसले प्रतिपक्षीका रुपमा सदन र सडकमा दरिलो उपस्थिति देखाउन सकेन भनेर आलोचना भइरहेको थियो । त्यो आलोचनालाई चिर्दै हामीले महासमिति बैठकबाट नेपाली कांग्रेसभित्र एकता द्ध भन्ने सन्देश देशैभरिका आम नागरिक र पार्टीका कार्यकर्तालाई दिन पनि सफल भएका छौ । त्यस्तै प्रदेश समिति, जिल्ला समिति, स्थानीय तह समिति, वडा समिति र बुथ समितिमा संगठन निर्माण गर्न र मुलुकभर कांग्रेस क्रियाशील हुनका लागि बाटो खुल्ला भएको छ । आम कांग्रेसी जनमा उर्जा थप्ने काम महासमिति बैठकले गरेको छ ।

० पार्टीको विधान संशोधन गर्ने क्रममा पदाधिकारीमा पनि समावेशीता अपनाएर भागशान्ती जयनेपाल गरेको आरोप पनि धेरैले लगाएका छन नि ?
हामी आरोपका पछि भन्दापनि के गर्यौ र यसले पार्टीमा भविष्यमा के प्रभाव पार्छ भन्ने विषयमा ध्यान दिन्छौ । कांग्रेस भनेको नेपालको सबैभन्दा पुरानो र सबैभन्दा बढि लोकतान्त्रिक पार्टी हो । यहाँ सबै जातजाती, भाषाभाषी, लिङ्ग बर्ण, भेषभुषाका व्यक्तिहरु छन् । उनीहरुले अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा कांग्रेसले गरेको अगुवाईमा साथ दिएका छन् ।

तिनीहरुको सम्मान गर्नु र उनीहरुका माग र चाहनालाई पनि सम्वोधन गर्नु हाम्रो दायीत्व थियो । पहिला हामीले पदाधिकारीमा समावेशीता नअपनाउने गरी सहमति गरेका थियौ । तर, पछि फेरी समावेशीता चाहिने आवाज साथीहरुले उठाउनु भयो । त्यसैले कसरी समावेशिता राख्नु उपयुक्त हुन्छ भन्दै सहमति खोजेर सबै अट्ने कांग्रेसका रुपमा विकसित गर्नका लागि धेरै स्थानमा सबैका लागि व्यवस्था गरिएको छ । ठुलो पार्टीका अनेक थरीका कुरा उठ्नु स्वभाविक हो । उठेका कुराहरुलाई कसरी व्यवस्थित गर्दै अगाडि बढ्ने भन्ने महत्वपूर्ण कुरा हो । हामीले त्यसै गरेर अगाडि बढेका छौ ।

० कांग्रेसको महासमिति बैठकमा सरकारबारे के बुझाई रहयो ?
बहिरबाटै देखिएको कुरा हो, वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न सकेको छैन । कांग्रेस महासमिति सदस्यहरुले पनि त्यहि विषय उठाउनु भएको छ । संविधानको बर्खिलापमा आफ्ना कार्यकर्ता पेस्ने काम भइरहेको र आफु विपरित आस्था राख्ने आम नागरिकलाई कसरी हुन्छ गाह्रोमा पार्ने काम सरकारले गरेको दृष्टान्तसहितका उदाहरण साथीहरुले महासमिति बैठकमा पेश गर्नुभयो । सुशासनको ठाउँमा कुशासन दिने कार्य सरकारका अवयवहरुले गरिरहेका छन । होली वाईन पिउने काम सरकारले आफ्ना सांसद र स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुका जोडि बोलाएर गरेको छ । वाईडबडी जहाज प्रकरण छताछुल्ल भइरहेको छ । नेकपाभित्रै असन्तुष्टि बढेको मिडियामा खवर आइरहेका छन् ।

० तपाइ त कञ्चनपुरको मान्छे, त्यहाँ १३ बर्षिय बालिकाको बलत्कार पछि हत्या भएको ५ महिना बढि भयो । तर, सरकारले हत्यारा भेटाउन सकिरहेको छैन, यसमा के भन्नुहुन्छ ?
निर्मला पन्तको बलात्कारपछि हत्या भएको १५० दिन बितिसक्दासम्म पनि बास्तविक अपराधी पत्ता लगाउन नसक्नु सरकार असफल हुनु हो । सरकारले आफ्ना सम्यन्त्रहरुलाई प्रयोग गर्न नसक्नु हो । त्यसमा म कडा भ्रष्चना गर्छु । एउटी अबोध बालिकाको यसरी निर्मम तरिकाले हत्या भएको छ । तर, सरकारले घट्नाको अनुशन्धानबारे लापरवाही गरिरहेको छ । नक्कली मान्छे खडा गरेको छ । वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन् ।’ उनले कांग्रेसले अब संसद र सडक दुवै ठाउँमा संघर्ष गर्छ । हत्यारा पत्ता नलगाए यहि घटनाका कारण सरकार धर्मराउने बनाउन समेत हामी पछि पर्दैनौ ।

8220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका