जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत र  संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ ।  

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर ६.१०० प्रतिशत नै थियो ।  

बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि १२ महिना अवधिका लागि ५.१०० प्रतिशत,१२ महिनादेखि ५ वर्ष अवधिका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका लागि ३.१०० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४.१०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५.१०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६.१०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ६.१०० प्रतिशत ब्याजदर तोकेको छ ।  

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका