जोडिनुहोस
शनिबार, जेष्ठ २०, २०८०
शनिबार, जेष्ठ २०, २०८०
  • होमपेज
  • ज्योति बैंक र नेपाल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

ज्योति बैंक र नेपाल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच सोमबार एक समारोहकाबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको छ।

सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

यस बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिनसक्नेछन् ।

हाल यस बैंकले ९७ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र २८ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले करिब २ लाख ४८ हजार ८ सय भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका