जोडिनुहोस
बुधबार, अशोज २, २०८१
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको डिसिईओमा रेग्मी नियुक्त

गरिमा विकास बैंकको डिसिईओमा रेग्मी नियुक्त

 गरिमा विकास बैंकको डेपुटी सिईओमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

रेग्मी गरिमा विकास बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई भोली आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालिन जनता बैंक र तत्कालिन सेन्चुरी कमर्शियल बैंकमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको
छ ।

105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका